कांग्रेसको ‘हामी तयार छौँ अभियान’ : ७५३ वटै पालिकामा खटिने प्रतिनिधिलाई अभिमुखीकरण, गगन थापाको सहभागिता

spot_img

काठमाडौँ । नेपाली कांग्रेसले देशका सबै ७५३ स्थानीय तहमा एकैसाथ सुरु गर्न लागेको सांगठनिक जागरण कार्यक्रम ‘हामी तयार छौँ अभियान’ का लागि खटिएका प्रतिनिधिहरूलाई अभिमुखीकरण दिन सुरु गरेको छ। पार्टी सभापति गगनकुमार थापाको विशेष उपस्थितिमा केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम भइरहेको छ।

अभियानलाई गाउँ–गाउँसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न र प्रतिनिधिहरूलाई सांगठनिक जिम्मेवारीबारे स्पष्ट पार्न अभिमुखीकरण गरिएको महामन्त्री डा. डिला संग्रौलाले जानकारी दिएकी छन्। उपत्यकाका प्रतिनिधिहरू भौतिक रूपमा र बाहिरका प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी छन्।

स्थानीय तहमा पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै जनताका जल्दाबल्दा मुद्दाहरू सम्बोधन गर्न कांग्रेसले देशभर एकसाथ यो अभियान सञ्चालन गर्न लागेको हो। यसले पार्टी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा