डोल्पाका विद्यार्थीलाई डा. सुनिल शर्माको १ करोड १४ लाख बराबरको छात्रवृत्ति

spot_img

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा. सुनीलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न वर्गका जेहेनदार विद्यार्थीहरूका लागि १ करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति दिने घोषणा गरेका छन्। डोल्पाको दुनैमा आयोजित निःशुल्क स्वास्थ्य शिविरका क्रममा उनले यस्तो घोषणा गरेका हुन्।

उक्त छात्रवृत्तिमार्फत डोल्पाबाट एसईई परीक्षा उत्तीर्ण गरेका विपन्न विद्यार्थीहरूले केएमसी र नोबेल मेडिकल कलेजमा स्वास्थ्य शिक्षाअन्तर्गतका ६ विधामा पूर्ण निःशुल्क अध्ययनको अवसर पाउनेछन्। डा. शर्माले कर्णालीका दुर्गम भूगोलमा स्वास्थ्य सेवा र दक्ष जनशक्ति पुर्‍याउने उद्देश्यले यो छात्रवृत्ति घोषणा गरिएको स्पष्ट पारे।

शिविरमा डा. शर्माले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका थप १०० जना बिरामीलाई काठमाडौँ लगेर निःशुल्क उपचार गर्ने र ५ जना बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने बताए। काठमाडौँमा उपचारका क्रममा बिरामी तथा कुरुवालाई निःशुल्क खानाको व्यवस्थासमेत गरिने उनको भनाइ छ।

जीपी कोइराला फाउन्डेसन र केएमसीको समन्वयमा सञ्चालित शिविरमा २ हजारभन्दा बढी स्थानीय नागरिकले विशेषज्ञ सेवा लिएका थिए। शिविरमा थप उपचार आवश्यक देखिएका ८२ जना बिरामीलाई केएमसी अस्पताल काठमाडौँ रिफर गरिएको छ। अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा रुकुम पश्चिम र सल्यानमा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने आयोजकले जानकारी दिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा