‘एनटी फाइबर’को माग उच्च भएपछि नेपाल टेलिकमद्वारा उपकरण आपूर्ति र जडान तीव्र

spot_img

काठमाडौँ । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित ‘एनटी फाइबर’ सेवाको बढ्दो मागलाई सम्बोधन गर्न जडान तथा उपकरण आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रक्रिया अघि बढाएको छ।

टेलिकमले विज्ञप्ति जारी गर्दै उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा एउटै माध्यमबाट प्राप्त हुने भएकाले देशभरका सेवाग्राहीमाझ एनटी फाइबरको आकर्षण उल्लेखनीय रूपमा वृद्धि भएको जनाएको छ। विभिन्न शाखा तथा दूरसञ्चार कार्यालयहरूमा नयाँ लाइन जडानका लागि सेवाग्राहीको चाप बढ्दो छ।

मागको उच्च चापलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई सहज बनाउन आवश्यक उपकरणहरूको आपूर्ति व्यवस्थापन, जनशक्ति परिचालन र प्राविधिक सुदृढीकरणलाई तीव्रता दिइएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन्।

कम्पनीले सरकारी खरिद प्रक्रिया र आपूर्ति शृङ्खलाका विधिवत् नियमहरू पालना गर्दै उपकरण आपूर्तिमा कुनै व्यवधान नआउने वातावरण निर्माण गरिरहेको जनाएको छ। सेवाग्राहीको मागअनुसार क्रमशः द्रुत गतिमा लाइन जडान गर्दै गुणस्तरीय सेवा सुनिश्चित गरिने टेलिकमले स्पष्ट पारेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा