तीनकुने घटनाका दोषीलाई उन्मुक्ति दिन मिल्दैन : सभापति देउवा

काठमाडौं, चैत २४ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन्। आइतबार तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गर्दै उनले दोषी कसैलाई पनि नछाडिने स्पष्ट पारे।

सभापति देउवाले घटनाको गम्भीर छानबिन गर्नुपर्ने पार्टीको अडान रहेको जानकारी गराउँदै राजावादी आन्दोलनको नाममा पार्टी कार्यालयदेखि सरकारी तथा निजी संरचनासमेत ध्वस्त पारिएको बताए।

पत्रकार रजकको परिवारले हालसम्म घटनाको उचित छानबिन नहुँदा दोषी उम्कन सक्ने चिन्ता व्यक्त गर्दै सबै पक्ष मिलेर पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा