भारत प्रस्थान गरे प्रधानन्यायाधीश राउत नेतृत्वको टोली

काठमाडौं, चैत २४ – भारतका प्रधानन्यायाधीश सञ्जीव खन्नाको निमन्त्रणामा नेपालका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत पाँचदिने मैत्रीपूर्ण भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।

राउतसहितको टोली नेपाल वायुसेवा निगमको जहाजमार्फत नयाँदिल्लीतर्फ प्रस्थान गरेको हो। भ्रमण दलमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार नवीनकुमार यादव सहभागी छन्।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार भ्रमण अवधिमा टोलीले भारतको सर्वोच्च अदालतसहित विभिन्न अदालतहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। भ्रमण यही चैत २८ गतेसम्म सञ्चालन हुनेछ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा