चीनका लागि नवनियुक्त नेपाली राजदूत डा. कल्याणराज शर्मा पदभार ग्रहण गर्न आज बेइजिङ जाँदै

काठमाडौँ । चीनका लागि नवनियुक्त नेपाली राजदूत डा. कल्याणराज शर्मा आफ्नो पदभार ग्रहण गर्न आज बुधबार बेइजिङ प्रस्थान गर्दैछन्। बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले आफू राजदूतको औपचारिक जिम्मेवारी सम्हाल्न चीन प्रस्थान गर्न लागेको जानकारी गराएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार डा. शर्मालाई चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका थिए। नियुक्तिलगत्तै परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायहरूसँगको आवश्यक कूटनीतिक परामर्श पूरा गरी उनी कार्यक्षेत्रतर्फ जान लागेका हुन्।

बेइजिङस्थित नेपाली दूतावासमा कार्यभार सम्हालेपछि राजदूत शर्माले नेपाल र चीनबिचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ पार्ने दिशामा पहल गर्ने अपेक्षा गरिएको छ। दुई देशबिच यसअघि भएका व्यापारिक सम्झौता, उत्तरी नाकाहरूको सुचारु सञ्चालन, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनमा उनको भूमिका महत्त्वपूर्ण रहनेछ।

पछिल्लो समय नेपाल–चीन कूटनीतिक र आर्थिक सहकार्य विस्तार गर्ने विषय प्राथमिकतामा रहेकाले अनुभवी कूटनीतिक प्रतिनिधित्व आवश्यक मानिँदै आएको थियो। राजदूत शर्माको बेइजिङ प्रस्थानसँगै नेपालको कूटनीतिक सक्रियताले नयाँ गति लिने विश्वास परराष्ट्र मामिलाका जानकारहरूले व्यक्त गरेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा