काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले संघीय सरकारमा गरेको खर्च कटौती, कर्मचारी छटनी र अपनाएका नीतिहरूको विरोधमा अमेरिका भरका सहर र नगरहरूमा दशौँ हजार प्रदर्शनकारी उत्रिएका छन्।
प्रदर्शनकारीहरू ‘ह्यान्ड्स अफ’ (हस्तक्षेप रोक) जस्ता नारा लगाउँदै ट्रम्प प्रशासनविरुद्ध घरमै बनेका पोस्टर बोकेर सडकमा उत्रिएका थिए।
प्रदर्शनमा अमेरिकी तल्लो सदन कांग्रेसका केही सदस्य र डेमोक्रेटिक पार्टीका प्रमुख नेताहरूको समेत सहभागिता रहेको थियो।
प्रदर्शनकारीहरूले ट्रम्प प्रशासनको शासन प्रणाली गलत भएको र संविधान उल्लंघन भइरहेकाले आम जनतालाई चुप लागेर नबस्न आह्वान गरेका थिए।
खबरअनुसार राजधानी वासिंटन डीसीमै मात्रै करिब एक लाख प्रदर्शनकारी सहभागी भएका थिए।

