मौसम पूर्वानुमान: पश्चिमी वायु सक्रिय, हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशका विभिन्न भू-भागमा पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा सामान्य फेरबदल देखिने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागे पनि अधिकांश तराई भू-भागमा मौसम सफा रहनेछ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

राति र बिहानीपखको मौसमी स्थिति :
रातिको समयमा कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको आकलन गरिएको छ । अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भने मौसम सफा नै रहनेछ ।

यसैगरी, जाडो मौसम नजिकिँदै गर्दा उपत्यका, नदी किनार र तराईका जिल्लाहरूमा बिहानपख हुस्सु तथा कुहिरो बाक्लो बन्दै गएको छ । हुस्सुका कारण बिहानको समयमा सवारी साधन सञ्चालन गर्दा विशेष ध्यान दिन तथा सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा