कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भरखरै सम्पन्न मतगणनामा थापा र शर्मा विजयी भएका हुन्। 
निर्वाचन समितिले परिणाम घोषणा गरेको छ। जस अनुसार थापाले कुल खसेको ४ हजार ६८२ मध्ये ३०२३ मत पाएका छन्। त्यस्तै शर्माले १९८४ मत पाए। 

महामन्त्रीका अन्य उम्मेदवारहरु प्रकाश शरण महतले १५५६, प्रदिप पौडेलले १३९३, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा