तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन तथा चौथोमा रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजनको जिम्मा पाएकी छन्।
वरियताको पाँचौं स्थानमा रहेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन्। एमालेमै रहेका पुराना नेताहरुभन्दा बादलको स्थान वरियतामा अगाडि रहेको छ। वरियतामा विष्णु पौडेल, सुवास नेम्वाङ तथा शंकर पोखरेल बादलभन्दा पछाडि रहेका छन्।

