मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् । मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि शाक्य दलको नेता बनेकी हुन् । हेटौडामा बसेकाे बैठकमा पौडेलले संसदीय दलको नेताबाट समेत राजीनामा दिएपछि शाक्य दलको नेता चुनिएकी हुन् ।

माधव नेपाल समूहकी शाक्य एमाले संसदीय दलको नेतामा चुनिएकी हुन् । उनी मुख्यमन्त्री बन्ने सांसद रचना खड्काले जानकारी दिइन् । माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरिरहेका बेला शाक्य बागमतीको संसदीय दलको नेतामा चुनिएकी हुन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा