भोलि बुधबारको मौसम : पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा, उच्च हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। जसका कारण आगामी केही दिनसम्म देशका विभिन्न पहाडी तथा हिमाली भू-भागमा मौसमी फेरबदल देखिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई तथा उपत्यकाहरूमा भने बिहानको समयमा सामान्य हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा समेत हल्का वर्षा वा हिमपात हुन सक्ने आकलन गरिएको छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्र तथा मधेश र कोशीका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

रातिको समयमा भने देशका हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। पहाडी क्षेत्रमा मेघगर्जनसहितको वर्षा र उच्च हिमाली भेगमा हुने हिमपातका कारण दैनिक जनजीवन तथा पदयात्रामा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।

यसैगरी तराई तथा उपत्यकाका नदी किनारका क्षेत्रहरूमा बिहानपख लाग्ने बाक्लो हुस्सु र कुहिरोले गर्दा सडक तथा हवाई यातायातमा सामान्य असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बन्धित सबैमा आग्रह गरेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा