एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा

काठमाडौं- गैरआवासीय नेपाली सङ्‍घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्‍घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३-२५ (कात्तिक ६-८) मा आयोजना गर्ने  निर्णय गरेको छ। त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ।

अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ। यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्‍घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो। यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताए।

बैठकले गैरआवासीय नेपाली सङ्‍घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ। बैठकले आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत पारित गरेको जनाइएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा