October 27, 2024, Sunday
KN hd tv

नेकपा महासचिवको प्रस्ताव : सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिऔं

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यहरुको सामूहिक राजीनामाको प्रस्ताव गरेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उनले सो प्रस्ताव राखेका हुन्।

‘हामी सबै असफल भयौं। हामीले पार्टी र आन्दोलनलाई कहीँ पुर्‍याउँदैनौं’, उनले प्रस्ताव उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘त्यसैले हामी सबैले सामूहिक राजीनामा दिऔं।’

उनले पार्टीको जिम्मेवारी नयाँ पुस्तालाई दिन र सचिवालयमा पनि नयाँ पुस्ता ल्याउन प्रस्ताव गरेका थिए।

सामान्यतया नरम र समन्वयकारी सुनिने पौडेल आजको बैठकमा भने आक्रोशित सुनिएका थिए।

नेकपाको सचिवालय बैठक १३ गतेसम्मलाई स्थगित भएको छ। सो बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

शीर्ष समाचार

धेरै पढिएको