कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन
- Khabar Nirantar
- २०७७ कार्तिक १८
काठमाण्डाै – नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन भएको छ ।
कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको गएराति निधन भएको हो । ६३ वर्षका उहाँलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो । उहाँको आज अन्त्येष्टि गरिने आफन्तजनले बताएका छन् ।
२०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका केसी त्यसयता कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँ पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत हुनुहुन्थ्यो । उहाँ सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्थ्यो । केसीका श्रीमती र तीन जना छोरा छन् ।
शीर्ष समाचार
- पर्यटकको रोजाईमा अपी बेसक्याम्प : स्थानीयको आम्दानी बढ्यो, संरचना थप्दै पालिका
- सरकारले बिगो निर्धारण निर्देशिकाको मस्यौदा बनाउँदै : यस्ता छन् लिनुपर्ने आधार
- रास्वपाको आन्दोलन जारी, आज माइतीघरमा प्रदर्शन
- विश्वकप लिग–२ : आज अमेरिकालाई हराउने दाउमा नेपाल
- साफ सेमिफाइनल : नेपाल आज भारतसँग खेल्दै, आजै बंगलादेश र भुटान भिड्दै
धेरै पढिएको
-
बंगलादेशमा प्रदर्शनकारीहरूले गरे राष्ट्रपति भवन कब्जा
२०८१ कार्तिक ७ -
सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु
२०८१ कार्तिक ७
प्रतिकृया दिनुहोस्