October 27, 2024, Sunday
KN hd tv

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्दै कर्णालीका मुख्यमन्त्री शाही

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफलमा थालेका छन्। शनिबार दसैँ मानेर सुर्खेत पुगेपछि शाहीले बिहानैदेखि कर्णाली प्रदेशका सांसदसंग छलफल जारी राखेका हुन्।

‘मन्त्रिपरिषद पुनर्पगठनबारे मुख्यमन्त्रीज्यूले आफ्नै निवासमा छलफल गर्दै हुनुहुन्छ,’ मुख्यमन्त्रीका प्रेस संयोजक धुर्व बिसीले भने, ‘सबै पक्षसँग परामर्श गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्नुहुन्छ होला।’ तर अनुसार मन्त्रिपरिषद पुनर्गठन आइतबारै हुने सम्भावना भने न्यून रहेको नेताहरूको भनाइ छ।

प्रधानमन्त्री केपी ओली पक्षका २ मन्त्रीलाई मुख्यमन्त्री शाहीले हटाउने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने एक नेताले बताए।

‘मैले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेको छु,’ मुख्यमन्त्री शाहीको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘उस्तै परे तपाईहरू (दल रावल,नन्दसिंह बुढा)ले राजीनामा दिनुपर्ने हुन सक्छ।’

मुख्यमन्त्री शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट अमरबहादुर थापा, करविर शाही र चन्द्रबहादुर शाहीमध्येबाट मन्त्री बनाउने तयारी गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको