October 27, 2024, Sunday
KN hd tv

कोबिड संक्रमीतको जिम्मेवारीबाट पन्छने सरकारी निर्णयप्रति कांग्रेसको कडा आपत्ति

काठमाडौं, कात्तिक ३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोबिड १९ संक्रमीतहरुको उपचारमा सहयोग गर्न नसकिने गरी गरेको निर्णय प्रति आपत्ति जनाएको छ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारी निर्णयले मुलुक सरकार बिहिन छ भन्ने सन्देश दिएको टिप्पणी गरेका छन् । नागरीकको संरक्षकको रुपमा रहनुपर्ने सरकार नागरीक प्रति नै यति धेरै उदासिन बन्नु बिडम्बना भएको भन्दै उपसभापति निधिले वर्तमान सत्तामा रहेकाले पदमा रहने धरातल नै गुमाईसकेको बताए । ‘जनताले मत दिएर सरकार बन्यो, तर त्यो सरकारले जनताको चाहानालाई वास्ता छैन भन्छ भने त्यसको वैधानिकता कहाँ रहन्छ ?’ निधिले खबरनिरन्तरसँग भने ‘विधि र पद्दती सरकारले नै मान्दैन र जनताको दुखमा मलह्म लगाउन सक्दैन भने नागरीकले सरकारलाई मान्दीन भन्न पाउने कि नपाउने ?’
वर्तमान सरकार कोबिडकै बहानामा कमाउन मात्र लागिरहेको भन्दै उपसभापति निधिले तत्काल कोबिड संक्रमीतको उपचार नगर्ने निर्णय सच्याउन चेतावनी दिए । उनले संविधानले नै प्रद्दत गरेको अधिकार स्थापित गर्न त नसक्ने सरकारबाट अरु के अपेक्षा गर्ने भन्दै प्रधानमन्त्रीलाई थोरै मात्र लाज मान्न भने । ‘अलिकति पनि लाज छ भने सरकारले यस्तो निर्णय गर्नै सक्दैन ।’ उपसभापति निधिले भने ‘तत्काल यो निर्णय पुर्नबिचार होस् र सबै कोबिड संक्रमितको उपचारको जिम्मा राज्यले लिगोस् ।’
सरकार संकट व्यवस्थापनमा नै होला भनेर धेरै प्रतिपक्षीको भुमिका नदेखाएको भन्दै उपसभापति निधिले सरकार अब पनि सुर्धने अवस्थामा नगए कांग्रेस कठोर ढंगबाट प्रस्तुत हुने चेतावनी दिए । ‘संकटका बेला मिलेरै जाऔं भनेर सदासयता देखाउँदा सरकार निकृष्ट बन्यो ।’ उनले भने ‘यसको मुल्य सरकारले अब चुकाउँछ, कांग्रेस त्यहि हिसाबको रणीतिका साथ जनताको पक्षमा उभिएको छ ।’
उपसभापति निधिले संसदलाई आफु जस्तै बद्नाम गर्न पनि सरकार लागि रहेको बताए । ‘जनता बिहान बेलुका के खाउँ र उपचार कसरी गरौं भन्नेमा छन् ।’ उनले भने ‘तर सरकार आफु मात्र कति बद्नाम हुने भनेर संसदलाई समेत थाहै नदिई दशैं भत्ता दिएर बद्नाम गर्न खोज्दै छ ।’ उनले कांग्रेस पार्टीले भत्ता नमागेको भन्दै त्यस बारे पार्टीले जनताको चाहाना अनुसार नै निर्णय गर्ने तयारी गरेको समेत बताए ।

शीर्ष समाचार

धेरै पढिएको