October 27, 2024, Sunday
KN hd tv

आर्मेनिया र अजरबैजानको दोस्रो युद्धविराम सहमति पनि उल्लंघन

एजेन्सी–आर्मेनिया र अजरबैजानबीच दोस्रोपटक भएको युद्धविराम सहमति पनि उल्लंघन भएको छ। युद्धविराम सहमतिको केही मिनेटमै अजरबैजानले युद्धविराम उल्लंघन गरेको आरोप आर्मेनियाले लगाएको छ।

आर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ताले युद्धविराम लागू भएको चार मिनेटमै अजरबैजानले गोली चलाउनुका साथै रकेटसमेत प्रहार गरेको जनाएका छन्।

अजरबैजानले भने यसबारेमा अहिलेसम्म केही बताएको छैन। विवादित नागोर्नो काराबाख क्षेत्रको विषयलाई लिएर दुई देशबीच दोस्रोपटक युद्धविराम भएको थियो। 

शीर्ष समाचार

धेरै पढिएको