October 22, 2024, Tuesday
KN hd tv

जनकपुरमा एक साताका लागि निषेधाज्ञा

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी एक हप्ता सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको