October 22, 2024, Tuesday
KN hd tv

बाढी गाउँ पस्दा ३० घर डुबानमा

काठमाण्डौँ – अविरल वर्षापछि खाँडो नदीमा आएको बाढी गाउँ पस्दा सप्तरीमा ३० घर डुबानमा परेको छ ।

बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ तिलाठीको अधिकांश ठाउँ जलमग्न भएको छ । यहाँस्थित भन्सार कार्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरीको बेस क्याम्प, विद्यालयमा पानी पसेको छ । 

बाढी गाउँ पसेपछि तिलाठीको बेल्ही गाउँका १० वटा घर डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाल जानकारी दिए ।

उनका अनुसार डुबानका कारण यहाँका बाटोहरु पनि अवरुद्व बनेको छ । सर्वसाधारण जोखिम मोलेर आवतजावत गरिरहेको झाले बताए । 

यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ रम्पुरा मल्हनियाँ गाउँमा पनि पानी पसेको छ । गाउँमा पानी पस्दा यहाँका २० घर डुबानमा परेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको