October 22, 2024, Tuesday
KN hd tv

राप्रपा छाडेका थापासहितका नेता आज कांग्रेसमा प्रवेश गर्दै

काठमाडौँ – राप्रपा छाडेका सुनिल थापा र अरू ११ जना नेता आज नेपाली कांग्रेसमा प्रवेश गर्दैछन् ।

उनीहरूलाई मङ्गलबार दिउँसो तीन बजे पार्टी कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम राखिएको छ । कांग्रेसले थापालाई सह-महामन्त्री र अरू ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको बुझिएको छ ।

थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी छाडेका हुन् । थापा पार्टी प्रवेश गर्ने भएपछि कांग्रेसभित्रको विवाद अझ बढेको छ ।

गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई निष्कासन गरेलगत्तै थापालाई पार्टी प्रवेश गराउन खोजिएको भन्दै केही नेताहरुले असन्तुष्टि जनाएको सार्वजनिक भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको