काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहभित्र विवाद थप चर्किएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि गुण्डु छाडेर हिँडेका छन् । गौतमले आफूलाई सचिव पदमा लैजानुपर्ने माग अध्यक्ष ओलीसमक्ष राखेका थिए । तर ओलीले सचिव पदमा समेट्न नसकिने बताएपछि उनी गुण्डुबाट बाहिरिएको स्रोतले जनाएको छ ।
ओली समूहबाट सचिव पदका लागि लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, शेरधन राई, माधव ढुङ्गेल, महेश बस्नेत, विशाल भट्टराई र यमलाल कँडेलको नाम चर्चामा छ।
लेखराज भट्टले भने उपमहासचिव पदमा दाबी गरिरहेका छन् भने महासचिव पदमा कुरा नमिलेपछि प्रदीप ज्ञवाली पनि उठेर हिँडेका छन् । ओलीले पोखरेललाई महासचिव प्रस्ताव गरेसँगै ज्ञवालीले गुण्डुको बैठक स्थल छाडेर हिँडेका हुन् ।
पोखरेललाई महासचिव दोहोर्याउन अर्का उपमहासचिव विष्णु रिमाल पनि लागेका छन् ।

