काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले व्यक्तिगत रूपमा उम्मेदवारी दिएको बताएका छन् ।
महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले भने, ‘मैले व्यक्तिगत रुपमा उम्मेदवारी दिएको छु। अरू सबैले पनि व्यक्तिगत रुपमै उम्मेदावरी दिनु भएको छ। समूहगत छैन। हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल हुँदैन, बनाउँदैनौँ।’
उनले केन्द्रीय समिति बैठकमा एक्कासी विधान संशोधनको प्रस्ताव आएर पास गरिएकोमा असहमति प्रकट गरे। उनले त्यसको समीक्षा आगामी दिनमा हुने बताए ।
भट्टराईले भने, ‘विधान संशोधन गर्नु औचित्यपूर्ण थिएन। तर अब हलले स्वीकार गरिसक्यो, त्यही अनुसार प्रक्रियामा जान्छ। यसको पनि आगामी दिनमा समीक्षा गर्दै जाऔंला।’

