गणतन्त्रको विकल्प छैन : जनमत पार्टी अध्यक्ष डा. सीके राउत

महोत्तरी । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले राजतन्त्रवादीहरूको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरू हुन नसक्ने बताएका छन्।

सरकारको कमजोर कार्यसम्पादनका कारण केही असन्तुष्टि देखिए पनि ठूला दलहरूले आफूलाई सुधार गर्नुपर्ने उनले बताएका छन्। ‘हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने निर्णय गरिसकेको छ,’ अध्यक्ष राउतले भने, ‘जनमत पार्टी गणतान्त्रिक पार्टी हो, हामीले नौलो गणतन्त्र भनेका छौं तर समाजवादी गणतन्त्र होइन।’

महोत्तरीको बर्दिबासमा तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठक समापनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारको कमजोर कार्यसम्पादनकै कारण राजतन्त्रवादीहरूले टाउको उठाएको दाबी गरे। सुशासन र विकासको अभावले गणतन्त्रको रक्षा गर्न ठूला दलहरू सुध्रिनुपर्ने उनको भनाइ छ।

अध्यक्ष राउतले समाजवादी मोर्चाको प्रदर्शनबारे फरक मत राख्दै प्रदर्शनभन्दा व्यवहार परिवर्तन जरुरी रहेको उल्लेख गरे। नेपालमा समाजवादभन्दा नौलो गणतन्त्र आवश्यक रहेको उनले दोहोर्याए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा