काठमाडौं । वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. शर्मालाई नियुक्त गरेको मन्त्रालय स्रोतले जनाएको छ।
उनको कार्यकाल दुई वर्षको हुनेछ। डा. शर्मा यसअघि वीर अस्पतालमै कार्यरत थिए। कार्यकारी निर्देशकका लागि डा. शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरिएको थियो।
यसअघि कार्यकारी निर्देशक डा. सन्तोष पौडेलको कार्यकाल समाप्त भएपछि गत फागुन ४ गतेदेखि अस्पतालको निमित्त निर्देशकका रूपमा डा. समाज गौतम जिम्मेवारी सम्हालिरहेका थिए।
