वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको अध्यक्षमा डा. सुधार अधिकारी चयन भएका छन् । सो सहकारीको भर्खरै सम्पन्न १४औं साधारण सभाले अधिकारीलाई तीन वर्षका लागि अध्यक्ष चयन गरेको हो । साधारणसभाले सर्व सम्मत रुपमा अधिकारीलाई चयन गरेको हो । लामो समय देखी सोही अस्पतालमा काम गरेका अधिकारी अनुभवी चिकित्सक हुन् । यसअघि अधिकारी सोही अस्पतालको बरिष्ठ उपाध्यक्ष थिए । अधिकारीलाई सो साधारण सभामा निर्वतमान अध्यक्ष डा. केदार नरसिंह केसीले पद हस्तान्तरण गरेका थिए । जनतालाई सर्व सुलभ रुपमा स्वास्थ्यको गुणस्तरीय पहुँचमा ल्याउन खोलिएको सो अस्पताल काठमाडौंको बसुन्धरामा छ । अध्यक्ष चयन भएपछि प्रतिक्रिया दिंदै अधिकारीले अस्पतालाई थप व्यवस्थीत बनाउँदै लाने प्रतिबद्धता जनाएका छन् । उनले सबै जनताको सहज पहुँचमा स्वास्थ्य सेवा पुग्नु पर्ने भन्दै यस्ता सहकारीहरुले संचालन गरेको अस्पताल थप जनमैत्री बन्नु पर्नेमा जोड दिंदै आफु त्यस काममा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
सत्तारुढ नेपाली कांग्रेसका शिर्ष तहका नेताहरु नै शेयर सदस्य रहेको सो अस्पतालमा ६ सय भन्दा बढी शेयसर सदस्यहरु रहेका छन् । विशिष्ट चिकित्सकहरु रहेको सो अस्पताल गुणस्तरीय स्वास्थ्य सेवाको रुपमा अब्बल मानिन्छ ।
वीपी स्मृति अस्पताल अध्यक्षमा डा. सुधार अधिकारी चयन
