पुस १३–१४ गते समानुपातिकको बन्द सूची, उम्मेदवार छनौटबारे दलहरूलाई प्रशिक्षण दिँदै आयोग

काठमाडौं : आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ ।

दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर बन्द सूची पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुने राजनीतिक दलहरूका लागि कार्यतालिका बनाइसकेको छ। सोही कार्यतालिका अनुसार बन्द सूची पेस गर्ने दिन तोकिएको हो ।

यस्तै, समानुपातिकतर्फ दर्ता राजनीतिक दलहरूलाई आज (पुस ८ गते) देखि उम्मेदवार छनोटका विषयमा प्रशिक्षण दिने भएको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार सिफारिस गर्दा कुन जाति वा समुदायको कति प्रतिशत हिस्सा हुनुपर्ने हो भन्ने विषयमा दलहरू प्रायः अन्योलमा रहेको पाइएकाले आज मंगलबार र भोलि बुधबार २ दिन तालिम दिन लागिएको प्रवक्ता भट्टराईले जानकारी दिए।

उनका अनुसार उम्मेदवारको बन्द सूची बुझाउँदा र अन्तिममा निर्वाचित घोषणा गर्दा अपनाउनुपर्ने कानुनी ‘फर्मुला’ बारे प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा नयाँ–पुराना, साना–ठूला दलका नेता तालिममा सहभागी हुनेछन्।

जनगणनाअनुसार समानुपातिकको समावेशी समूहतर्फ हुनसक्ने परिवर्तनबारे दलहरूलाइ ओरिएन्टेसन प्रदान गर्न लागिएको रसमानुपातिकमा निवेदन दिएका सबै १९३ वटा दलका प्रतिनिधि सहभागी हुने प्रवक्ता भट्टराईले बताए ।

विगतका निर्वाचनहरूमा दलहरूले बुझाएको सूचीमा समावेशी मापदण्ड नपुग्दा आयोगले पटकपटक सच्याउन निर्देशन दिनुपरेको थियो। यसले निर्वाचन प्रक्रियामा ढिलाइ भएको मात्र होइन विवाद समेत बढाएको थियो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा