काठमाडौं : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार) हिजोभन्दा झन्डै २ डिग्री सेल्सियस घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहान ५ः४५ बजे गरिएको सुरुवाती मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो। हिजो यो समय उपत्यकाको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस थियो।
तथापि हिजो बिहान ८ः४५ बजे भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ६.८ डिग्री सेल्सियस कायम भएको थियोे। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८ः४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेला सुरुवातीको भन्दा न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।
सोमबार यस्तो थियोे काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका अधिकतम र न्यूनतम तापक्रम


