काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँबाट भैरहवाको जहाज नउडेपछि भरतपुर हुँदै गाडीमार्फत भैरहवा जाने भएका छन् ।
शुक्रबार बिहान ७:५५ बजेदेखि भैरहवाका लागि उडान पर्खिएका लामिछाने मौसम नखुलेपछि भरतपुरसम्म जहाजमा गएर त्यहाँबाट गाडीमा जाने रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिए।
लामिछाने शुक्रबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। तर दिउँसो १ बजेसम्म पनि भैरहवाको मौसम खराब रहेपछि उनी काठमाडौँमै रोकिएका थिए।
उच्च अदालत बुटवल तुलसीपुरले बिहीबार थुनाबाहिर बसेर मुद्दा लड्न पाउने आदेश दिएपछि लामिछाने अदालत उपस्थित हुन भैरहवा जान लागेका हुन्।
उच्च अदालत बुटवलका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनाबाहिर बसेर मुद्दा लड्न अनुमति दिएको थियो ।

