चन्द्रदेव जोशीको पार्टीको नाम र चुनाव चिह्न प्रयोग गर्न घनश्याम तयार, एकता छिट्टै

काठमाडौं : नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ।

सहमति पत्रमा नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भूसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर गरेका छन् ।

पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने र चुनाव चिह्न हँसिया रहने सहमति भएको छ । दुई पार्टीबीच दुई महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने उल्लेख छ।

सहमति पत्रमा मार्क्सवाद–लेनिनवाद तथा मानव जातीले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरूको मार्गदर्शनमा कम्युनिष्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने, विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने उल्लेख छ।

सहमति पत्रमा ठूला भनिएका पार्टीका नेतृत्वले दलाल पुँजीवादसँग उदार हुँदै, त्यसका स्वार्थलाई सहवरण गर्दै तर पार्टी भित्र अनुदार हुँदै, आन्तरिक लोकतन्त्रलाई कमजोर पार्दै र साँधुऱ्याउँदै गएको निष्कर्षमा सहमत भएको उल्लेख छ । विकल्पमा समाजवादी कार्यदिशा, समाजवादको ठोस कार्यक्रम, राजनीति र सङ्गठनका साथ नेकपा संयुक्त र नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानलाई एकीकृत गर्ने सैद्धान्तिक सहमतिमा पुगेको उल्लेख छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा