धादिङमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु


काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका-९ स्थित सडकमा बा.प्र.०१-००६ ख २२९७ नम्बरको बसले बा.प्र.०२-०४५ प ४४३१ नम्बरको स्कुटरलाई बुधबार दिउँसो ठक्कर दिएको छ ।

उक्त दुर्घटनामा परी स्कुटरमा सवार थाक्रे गाउँपालिका-८ बस्ने ४१ वर्षीया निता गजुरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनामा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा