राजनीतिलाई सत्ता भोगको औजार बनाउँदा देश अराजकतातर्फ धकेलिएको: घनश्याम भुसाल

राजनीतिलाई सत्ता भोगको औजार बनाउँदा देश अराजकतातर्फ धकेलिएको: घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सत्तामा रहेका प्रमुख दलहरू सत्ता भोगमा लिप्त हुँदा देशभरि निराशा चुलिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

भुसालले राष्ट्रिय निराशालाई समाधानको एजेन्डा नबनाउँदा पुनरुत्थानवादी शक्तिहरू सक्रिय भइरहेको उल्लेख गर्दै ती शक्तिहरूले जनताको निराशा उचालेर मुलुकलाई अराजकतातर्फ डोर्याउन खोजेको आरोप लगाए ।

‘सत्ताधारीहरू नालायक बन्दै जाँदा र सडकमा अराजकता बढ्दै जाँदा यो निराशा झनै भयावह बन्दै जान सक्छ’, उनले भनेका छन्, ‘गणतन्त्र आउँदासम्म पनि बेरोजगारी र कुशासन कायम रहनु हाम्रो इतिहासको कलङ्क हो ।’

उनले गणतन्त्रले सबै नागरिकलाई समान अधिकार र समावेशी राज्यको निर्माण गरेको उल्लेख गर्दै अहिलेको अवस्थाले त्यसको गरिमामा आँच पु¥याएको बताए ।

भुसालले नागरिकलाई रोजगारी र सुशासन दिने खालको व्यवस्था अब अनिवार्य भएको भन्दै भ्रष्टाचाररहित नेतृत्वका साथ कृषि, उद्योग, पर्यटन, जलविद्युत, पूर्वाधार, शिक्षा र स्वास्थ्यको प्राथमिकतामा आधारित विकास योजनामार्फत १० वर्षभित्र युवालाई रोजगार र देशलाई समृद्ध बनाउने संकल्प गर्न सकिने धारणा व्यक्त गरे ।

‘अब ढिलो भइसक्यो, आउनुहोस् छलफल गरौं, अपमानको इतिहासबाट मुक्त हुने बाटो खोजौं’, उनले भनेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा