काठमाडौं, चैत २६ – शाही युवा शक्ति नेपालका उपाध्यक्ष दिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट नियन्त्रणमा लिएको हो।
श्रेष्ठ शाही युवा शक्तिका दोस्रो वरीयताका नेता हुन्। यसअघि संगठनका अध्यक्ष पशुपति खड्का पनि पक्राउ परेर हिरासतमा छन्।
प्रहरीका अनुसार, श्रेष्ठलाई चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो। उनी राजावादी प्रदर्शनमा अराजक समूह परिचालनमा सक्रिय रहेको बताइएको छ।
श्रेष्ठसँगै सो प्रदर्शनमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीले जानकारी दिए।

