काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४६ पैसा र बिक्री दर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १४७ रुपैयाँ २१ पैसा र बिक्री दर १४७ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७६ रुपैयाँ १० पैसा र बिक्री दर १७६ रुपैयाँ ८८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५४ रुपैयाँ ५९ पैसा र बिक्री दर १५५ रुपैयाँ २७ पैसा तोकिएको छ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २४ पैसा र बिक्री दर ८५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ७७ पैसा र बिक्री दर ९५ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रुपैयाँ ५७ पैसा र बिक्री दर १०२ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ १४ पैसा र बिक्री दर ९ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७७ पैसा र बिक्री दर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४४ पैसा र बिक्री दर ३७ रुपैयाँ ६० पैसा कायम गरिएको छ।
थाई भाट एकको खरिद दर ४ रुपैयाँ र बिक्री दर ४ रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ १५ पैसा र बिक्री दर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ७५ पैसा र बिक्री दर ३० रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ २६ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ६१ पैसा र बिक्री दर १३ रुपैयाँ ६७ पैसा, डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ७३ पैसा र बिक्री दर १९ रुपैयाँ ८२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५४ पैसा र बिक्री दर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिद दर ४४२ रुपैयाँ ५६ पैसा र बिक्री दर ४४४ रुपैयाँ ५१ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६३ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५६ रुपैयाँ ०२ पैसा निर्धारण गरेको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकले विनिमय दर आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने तथा अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

