प्रधानमन्त्री विश्वविद्यालयको कुलपति नहुने कानुन ल्याउने प्रयास हुँदैछ : मन्त्री पुन

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू सक्रिय रहेको बताएका छन् ।

बुधबार त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीमाझ उनले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने कानुन ल्याउने प्रयास भइरहेको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री पुनले वर्तमान सरकारले आफ्नै पालामा अध्यादेशबाट भए पनि सो सम्बन्धी कानुन ल्याउन लागेको पनि स्पष्ट पारे । उनले सो सम्बन्धमा कसरी कानुनी व्यवस्था गर्ने भन्नेबारेमा कानूनविद्हरुसँग छलफल भइरहेको समेत जानकारी दिए ।

मन्त्री पुनका अनुसार, प्रधानमन्त्री सुशीला कार्की पनि विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्थाका पक्षमा सकारात्मक रहेको उल्लेख गरे ।

कानुन कसरी आउँछ ? हेर्दैछौँ । तर विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने गरी कानुन ल्याउने प्रयास हुँदैछ । अध्यादेशबाट हुन्छ कि के छ कानुनविद्हरूसँग सरसल्लाह हुँदैछ,’ मन्त्री पुनले भने, ‘हाम्रो पालामा यो हटाउने भनेर एकदम न्वारनदेखिको बल लगाएर यसलाई हटाउने भन्ने भएको छ । अब न्वारनदेखिको बलले पुग्छ कि पुग्दैन, थाहा छैन । यो विषयमा प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको छ । उहाँ सकारात्मक हुनुहुन्छ ।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा