पमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक शनिबार सम्म स्थगित भएको छ । शुक्रबार पौने एक बजे एमालेको अवरोधका कारण स्थगित भएको बैठक अपराह्न तीन बजे र छ बजे बस्ने भन्दै स्थगित भए पनि एमालेले माओवादी सांसदले माफी नमागेसम्म बैठक चल्न नदिने चेतावनी दिएपछि सहमति खोज्ने भन्दै स्थगित गरिएको हो । नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै माओवादी राजन दाहालले तत्कालीन एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा पशुपति मन्दीरमा जलप हाल्ने क्रममा चरम भष्टचार भएको आरोप लगाएका थिए । शुक्रबार तयसकै विरुद्धमा एमालेले संसद अवरुद्ध गरेको हो । नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको संसदमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम थियो ।
संसद बैठक शनिबार सम्मका लागि स्थगित
Previous article

