सत्ता गठबन्धनमा मिल्यो भागबण्डा

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले मन्त्रालय भागबण्डाको टुंगो गरेको हो । सत्तारढ दलका सबै दलको प्रतिनिधित्व हुने गरी भागबण्डा गरिएको छ । सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको गरिएको छ । बैठकले कांग्रेसलाइ ८, माओवादीलाई ५, एकीकृत समाजवादी र जसपालाई २–२ मन्त्रालय दिने निर्णय गरेको छ । यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको एक नेताले बताए । सो सहमति सँगै बिहिबार सबै दलले मन्त्रीको नाम दिएपछि बिहिबार नै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी प्रधानमन्त्रीको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा