जर्मनीकी एक नर्सले कोभिसिल्ड भन्दै सिरिन्जमा नुनपानी राखेर लगाइदिएको खुलासा

 काठमाडौं – जर्मनीकी एक नर्सले कोरोना विरुद्धको खोप भन्दै सिरिन्जमा नुनपानी राखेर खोप लगाइदिएका समाचार सार्वजनिक भएको छ ।

जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोरोनाबिरुद्धको खोप भन्दै नुन पानी लगाइदिएपछि अहिले ८ हजार मानिसलाई पुनः दोहोर्याएर खोप लगाउन आग्रह गरिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

जर्मनीको फ्रिसल्याण्डस्थित एक खोपकेन्द्रमा स्वास्थ्यकर्मीले नुनपानी लगाइदिएको खबर सार्वजनिक भएपछि अहिले त्यसका बारेमा अनुसन्धान थालिएको समाचार ऐजेन्सीले जनाएका छन् ।

गत अप्रिलमा ती नर्सले उक्त खोपकेन्द्रमा खोप लगाउने क्रममा खोपको बोतल फुटेपछि ६ जनालाई नुनपानी लगाइदिएको स्वीकार गरेकी थिइन् । तर, प्रहरीले भने फाइजरको खोप लगाउने क्रममा नुनपानी लगाइएको जनाएको छ ।

उक्त घटनामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी रहेको र हालसम्म कसैले पनि उक्त घटनाबिरुद्ध मुद्दा दर्ता नगरेको पनि समाचारमा उल्लेख छ ।

ती ४० वर्षीया नर्सले सामाजिक संजालमा कोरोनाबारे नकारात्मक जानकारी राखेको र सरकारले भाइरस संक्रमण रोक्न लगाएको प्रतिबन्धप्रति आपत्ति जनाएको पनि त्यहाँका प्रहरी निरीक्षक पिटर बेरले एक पत्रिकालाई बताएका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा