एमालेमा नयाँ प्रस्ताव : अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित

काठमाडौं – नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले पार्टीको विधान संशोधनको प्रस्ताव पारित गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

स्थायी समितिले पारित गरेको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गरिने छ । प्रस्तावमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ ।

प्रस्तावित विधान पारित भएमा अध्यक्ष, महासचिव र केन्द्रीय सदस्यहरु मात्रै निर्वाचित हुनेछन् । हालको विधानमा एमालेमा अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव निर्वाचित हुने प्रावधान छ।

एमालेले आठौं महाधिवेशनदेखि बहुपदीय संरचनाको अभ्यास गर्दै आएको थियो । आठौं र नवौं महाधिवेशनमा सबै पदाधिकारी निर्वाचित भएका थिए ।

विधान पारित भएमा एमालेमा वरिष्ठ नेता रहने प्रचलन पनि रहनेछैन् । साथै पोलिटब्यूरो र वैकल्पिक केन्द्रीय सदस्य पनि रहने छैनन् ।

एमालेमा देखिएको विवादलाई आफुँ अनुकुल बनाउँदै लगेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो कदमसँगै शक्तिलाई थप केन्द्रिकृत गर्न खोजेको देखिन्छ । विधान पारित भएमा माधवकुमार नेपाल पक्ष थप वैधानिक रुपमै कमजोर बन्ने स्थिति छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा