जिन्स पाइन्ट लगाएको भन्दै युवतीको हत्या

एजेन्सी – भारतमा जिन्स पाइन्ट लगाएको चित्त नबुझाएको परिवारले चेलीमाथि निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेको छ । उत्तर प्रदेशकी १७ वर्षीया नेहा पासवानको हत्या भएको हो ।

पासवानलाई उनका हजुबुवा र काकाले लठ्ठीले निर्मतापूर्वक कुटेका थिए । सबरेजी गाउँमा गत हप्ता यो घटना भएको हो । नेहाले जिन्स लगाएपछि हजुबाबुले फकाल्न भन्दा उनले जवाफ फर्काएकी थिइन् । कपडा लगाउनका लागि नै बनाएको जवाफ दिएपछि कुटपिट गरेका थिए ।

हत्यापछि उनको शव गण्डक नदीको पुलमा झुण्ड्याइएको अवस्थामा फेला परेको थियो । उनकी आमाले कुटपिटबाट हत्या भएको खुलाएकी थिइन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा