काेराेना खाेपकाे दाेस्राे डाेज ७ गतेदेखि

spot_img

काठमाडौं- कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकाहरुले यही ७ देखि ११ गतेसम्म दोस्रो डोज खोप लगाउन पाउने भएका छन्। स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा खोप केन्द्र तोकेको छ।

यसअघि पहिलो जुन खोप केन्द्रमा खोप लगाउन भनिएको थियो। तर, काठमाडौं कार्यालयले अघिल्लो सूचना संसोधन गर्दै पायक पर्ने स्थानमा खोप लगाउन सकिने व्यवस्था मिलाएकाे हाे। 

स्वास्थ्य कार्यालयले अघिल्लो डोज खोप लगाएको दिनको आधारमा दोस्रो डोज खोप लगाउने दिनमा पनि संसोधन गरेको छ।

प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार गत माघ १४ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरुले खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्नेछन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा