यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु

spot_img

आडेन- यमनको मारिब क्षेत्रमा गएको २४ घन्टाभित्र भएको हिंसामा परी ४७ जनाको मृत्यु भएको बताइएको छ। सो क्षेत्रमा विगत लामो समयदेखि हिंसा जारी रहेको पनि बताइएको छ। द्विपक्षीय भिडन्तमा परेर ती ४७ जनाको गएको २४ घन्टायता निधन भएको समाचारमा उल्लेख गरिएको छ।

उत्तरी यमनको सो मारिब प्रान्तमा हुथी विद्रोही समूहले आक्रमण गर्ने गरेका छन्। त्यस क्षेत्रमा सरकारी सेनाले पछिल्लो समयमा हुथी विद्रोहीहरुका विरुद्धमा आक्रामक रुमपा कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ।

सो क्षेत्रमा साउदी अरेबियाको सहयोगको सैन्य समूहले हवाई कारबाही पनि गरेको छ। पछिल्लो समयमा भएको सो हवाई कारबाहीबाट नै ती विद्रोही मारिएका छन्। पछिल्लो २४ घन्टामा पनि साउदी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परेर २५ जना हुथी व्रिद्रोही मारिएका छन्। उता हुथी विद्रोहीले यमनको सेनामाथि पनि हमला गरेका छन्।

त्यसमा परेर २० जना सेना मारिएका स्थानीय अधिकारीले जनाएका छन्। ती अधिकारीले पछिल्लो समयमा विद्रोहीहरुको निसानामा सर्वसाधारण नागरिक पनि पर्ने गरेको बताएका छन्।

हुथी विद्रोहीहरुको आक्रमणमा परेर सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ। गत शनिबार पनि सो क्षेत्रमा सरकारी सेना र हुथी विद्रोहीबीच ठूलो भिडन्त भएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा