October 18, 2024, Friday
KN hd tv

बेवारिसे सडक मानवका लागि भान्छाघर निर्माण

लमजुङ– गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ बेँसीशहर नगरपालिका-७ मा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका बेवारिसे सडक मानवका लागि भान्छा घर निर्माण गरेको छ। आश्रमले यहाँ आश्रय लिइरहेका उनीहरुका लागि सहज बनाउन भान्छाघर निर्माण गरेको हो।

विसं २०७३ चैत १२ गतेबाट सञ्चालनमा आएको यस आश्रमले ऋण गरेरे साँढे आठ लाख रुपैयाँमा यस भान्छाघर निर्माण गरेको आश्रमकी संयोजक अनिता अधिकारीले बताए। हाल २३ जना बेवारिसे सडक मानवले आश्रय लिइरहेका छन्। एक स्थानीयको घर भाडामा लिएर आश्रम सञ्चालन हुँदै आएपनि सो घर सानो भएकाले सुत्न बस्नलाई समेत समस्या हुँदा खाना बनाउने कोठाको अभाव हुँदा समस्या भएपछि जग्गा भाडामा लिएर जस्ता पाताको छानो राखेर भान्छाघर निर्माण गरिएको आश्रमले जनाएको छ। भान्छाघर साथै एक/एक वडा शौचालय, बाथरुम र पानीको धारा समेत निर्माण गरिएको छ।

आश्रमका अनुसार एक स्थानीयको जग्गा भाडामा लिएर मासिक १० हजार रूपैयाँ तिर्ने सम्झौता गरेर आश्रम यहाँ रहेसम्म भान्छाघर सञ्चालन गर्ने भएको छ। यस भान्छाघर निर्माणले उनीहरुका लागि खान बनाउन र खाना खानका लागि सहज भएको छ। आश्रमको आफ्नै भौतिक संरचना नभएसम्मका लागि यस भान्छा घरले ठूलो टेवा पुग्ने आश्रमको अपेक्षा रहेको छ। भान्छाघर निर्माण गर्दा लागेको सम्पूर्ण ऋण यहाँका स्थानीय सरकार, गण्डकी प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालय पोखारालगायतबाट सहयोग माग्ने आश्रमकी संयोजक अधिकारीले बताए। 

शीर्ष समाचार

धेरै पढिएको