October 27, 2024, Sunday
KN hd tv

अब छिट्टै पूर्व-पश्चिम रेल बनाउने हो : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै पूर्व-पश्चिम रेलमार्ग पनि बनाउने  जिकीर गरेका छन्। एक भर्चुअल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  प्रधानन्त्री ओलीले  जल यातायात पनि सुरु गर्ने जिकीर गरेका छन्।

रेल्वे सेवाका लागि नयाँ रेल खरिद गरेर ल्याइसकिएको उनले बताए। जनकपुर-जयनगर चल्नका लागि रेल नेपाल आएर अहिले फेरि पार्किङका लागि भारत लगिएको छ। प्रधानमन्त्री ओलीले   विकासमा अवरोध गर्ने, काम हुन नदिने संकीर्णता राजनीतिक दलले राख्न नहुने बताएका छन्।

विकासका काममा राजनीतिक दलले बाधा व्यवधान ल्याउने गरेकोप्रति संकेत गर्दै उनले सबैको विकासका लागि हुने भएकाले अवरोध गर्न नहुने बताए।

झापाको दमकमा  एक अस्पतालको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले झापामा बन्न लागेको रङ्शालामा अवरोध हुनु दुःखद भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले अहिले तोकिएको ठाउँमा रङ्गशाला बनाउन अवरोध भए ठाउँ सारेर भए पनि बनाई छाड्ने अठोट व्यक्त गरे।

शीर्ष समाचार

धेरै पढिएको