राष्ट्रिय एकता र आर्थिक समृद्धिको दायित्व हाम्रो काँधमा : प्रचण्ड

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘यो राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । देशलाई आर्थिक रूपमा समृद्ध बनाउने जिम्मेवारी पनि हाम्रो काँधमा छ,’ उनले भने। ‘त्यो एक्लैदुक्लै गरेर सकिने कुरा होइन। त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्छ। त्यही उद्देश्य बोकेर हामीले विभिन्न १७ वटा साना–ठूला कम्युनिस्ट घटकलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टी स्थापना गरेर अगाडि बढ्दै छौँ।’

राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको प्रचण्डको भनाइ छ । उनले सोही आवश्यकताका आधारमा विभिन्न १७ वटा साना-ठूला कम्युनिस्ट घटकलाई समेटेर नेकपा बनाइएको तर्क गरे ।र

प्रचण्डले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी पनि गरे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा