निर्वाचनलाई प्राथमिकता दिँदै उपसचिवको परीक्षा स्थगित

काठमाडौँ : लोकसेवा आयोगले आगामी माघ १० गतेदेखि सञ्चालन गर्ने तय गरेको उपसचिव (अप्राविधिक) पदको लिखित परीक्षा स्थगित गरेको छ । आयोगले बिहीबार सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

निर्वाचन आयोगको ताकेता र कर्मचारीको कार्यव्यस्ततालाई मध्यनजर गर्दै परीक्षा सारिएको लोकसेवा आयोगले जनाएको छ। आयोगका अनुसार विज्ञापन नम्बर १६६६४–१६६९१/०८२-८३ अन्तर्गत न्याय, प्रशासन, लेखापरीक्षण र संघीय संसद् सेवातर्फका राजपत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका सबै परीक्षा कार्यक्रम स्थगित गरिएको हो ।

फागुन २१ गते हुने निर्वाचनका लागि खटिने कर्मचारीले परीक्षाको तयारी गर्न समय नपाउने भन्दै निर्वाचन आयोगले पुस १७ गते परीक्षा सार्न पत्राचार गरेको थियो । निर्वाचन आयोगले कर्मचारीहरू निर्वाचनको काममा केन्द्रित हुनुपर्ने उल्लेख गरेको थियो।

यसअघि लोकसेवा आयोगको वार्षिक कार्यतालिका अनुसार उपसचिवको परीक्षा २०८२ माघ १० गतेदेखि २८ गतेसम्म काठमाडौँ उपत्यकामा सञ्चालन हुने तय भएको थियो ।

क्यालेन्डर र निर्वाचन दुवैलाई मध्यनजर गर्दै मुख्य आयुक्त माधवप्रसाद रेग्मीसहितको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा