सौर्य ऊर्जालाई प्राथमिकता दिँदै नयाँ मापदण्ड तयारी : मन्त्री घिसिङ

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जाको विस्तारलाई प्राथमिकतामा राखेर नयाँ मापदण्ड र कार्यविधि तयार गरिएको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित नेपाल सौर्य विद्युत् उत्पादक संघको २५औँ साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले सिँचाइका नहरमा समेत सौर्य ऊर्जा जडान गर्न मिल्ने गरी मापदण्ड र कार्यविधि बनाइएको जानकारी दिए। उनका अनुसार ती मापदण्ड हाल स्वीकृतिको प्रक्रियामा छन्।

मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि निजी क्षेत्रको सहभागितामा सिँचाइका नहरमा सौर्य विद्युत् उत्पादन गर्ने काम अघि बढाइने उनले बताए।

यसै क्रममा मन्त्री घिसिङले भारतसँग भएको विद्युत् खरिद सम्झौताबारे भइरहेका आलोचनाप्रति असन्तुष्टि व्यक्त गरे। विद्युत् व्यापारको विषय नबुझी केही नेता र पत्रकारले सस्तोमा बेच्यो र महँगोमा किन्यो भन्दै अनावश्यक आरोप लगाउने गरेको उनको भनाइ थियो।

विद्युत् खरिदसम्बन्धी विषयमा गलत ढंगले चर्चा चलाइनु नेपालका लागि लाभदायक नभएको भन्दै यसले विद्युत् व्यापारलाई सहयोग नगर्ने मन्त्री घिसिङले स्पष्ट पारे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा