शीर्षक : दलीय गतिविधिमा सक्रिय मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलको गतिविधिमा सक्रिय रहेका तथा आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका मन्त्रीलाई पदबाट राजीनामा दिन आग्रह गरेकी छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले अनौपचारिक छलफलका क्रममा दलीय गतिविधिमा संलग्न भइसकेका मन्त्रीहरूले सरकारलाई सहयोग पुर्‍याउन राजीनामा दिनुपर्ने धारणा व्यक्त गरेकी हुन्।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले गैरदलीय स्वरूप अपनाएको अवस्थामा मन्त्रीहरूको दलीय सक्रियताले सार्वजनिक रूपमा प्रश्न उठिरहेको विषयलाई प्रधानमन्त्रीले गम्भीर रूपमा लिन आग्रह गरेकी थिइन्।

हाल ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गतिविधिमा संलग्न देखिएका छन्। यस्तै, सञ्चारमन्त्री जगदीश खरेलले पनि आगामी निर्वाचन लड्ने चाहना व्यक्त गर्दै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको एकतालाई समर्थन जनाउँदै आएका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा