काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रदेश तथा निर्वाचन संयोजनको जिम्मेवारी बाँडफाँड गरेको छ।
सोमबार बसेको पार्टी सचिवालय बैठकले प्रदेश र निर्वाचन समन्वय गर्ने गरी विभिन्न नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
बैठकले कोशी प्रदेशको संयोजकमा शेरधन राईलाई तोकेको छ भने मधेश प्रदेशको संयोजकमा लीलानाथ श्रेष्ठ चयन भएका छन्।
यस्तै, बागमती प्रदेशको संयोजकमा महेश बस्नेत र राजधानी विशेष क्षेत्रको संयोजकमा डा. राजन भट्टराईलाई जिम्मेवारी दिइएको छ।
गण्डकी प्रदेशको संयोजकमा खगराज अधिकारी चयन भएका छन् भने कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी यामलाल कँडेललाई दिइएको छ।
सुदूरपश्चिम प्रदेशको संयोजकमा गणेश ठगुन्नालाई तोकिएको छ। साथै, संगठन विभागको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ।

