हर्कलाई लक्षित गर्दै कुलमानले भने : म मात्र ठीक भनेर हुन्न, नयाँ सबै मिल्नुपर्छ

काठमाडौँ : ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले चुनावपछिको सरकारको नेतृत्व नयाँ दलले गर्नुपर्ने बताएका छन्। त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रश्नको जवाफ दिँदै उनले चुनाव नै वर्तमान सरकारको मुख्य कार्यभार भएको बताए।

उनले भने, ‘चुनाव यो सरकारको मुख्य कार्यभार हो। चुनावमा जाने भनेपछि सबै नयाँ शक्तिहरू मिल्नुपर्छ भन्नेमा हामी एक छौँ। मेरो भनाइ पनि त्यही हो।’

मन्त्री घिसिङले अहिलेको परिवर्तन संस्थागत गर्न सक्ने व्यक्तिलाई अघि सार्नुपर्नेमा जोड दिए। सबैले आ-आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने उनको भनाइ छ।

उनले भने ‘आगामी चुनावपछिको नेतृत्व सही आउनका लागि सबैले आ आफ्नो क्षेत्रबाट जुनसुकै परिस्थितिमा पनि योगदान पुर्‍याउनुपर्छ। जस्तोसुकै किसिमको योगदान पुर्‍याउन पछि हट्नु हुँदैन। आफैँ ठिक भनेरमात्रै पनि हुँदैन। सबै एक भएर जानुपर्छ। को–को कसरी हो नयाँ शक्तिहरू सबै मिल्नुपर्छ।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा